ओबामाको घरनजिकै विष्फोटक पदार्थसहित एक जना पक्राउ « Khabarhub

ओबामाको घरनजिकै विष्फोटक पदार्थसहित एक जना पक्राउ


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

न्युर्योक- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निवासनजिक विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन डीसीस्थित घरनजिकै पक्राउ गरेकाेबारे हालै जानकारी सार्वजनिक भएको हो ।

सीबीएस न्युजका अनुसार सुरक्षाकर्मीहरुले टारान्टोलाई ओबामाको घरनजिकै शंकास्पद अवस्थामा फेला पारेका थिए । पछि सुरक्षाकर्मीले उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो ।

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान त्यहाँ नजिकै पार्क गरिएको भेट्टाए । उक्त भ्यानमा धेरै हतियार र सामग्रीहरू रहेको बताइएको छ  ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।

खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पूर्जी पनि जारी गरिएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो ।

महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ०१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक