एचसीसीएन नेपालद्वारा वृक्षरोपण « Khabarhub

एचसीसीएन नेपालद्वारा वृक्षरोपण


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) ले आज वृक्ष रोपण गरेको छ । 

वातावरण संरक्षणको उद्देश्यले ललितपुरको महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङस्थित ‘द होटल टेरिस रिसोर्ट्स एण्ड स्पा’ परिसरमा वृक्ष रोपण गरिएको हो ।

एचसीसीएनका डीन दिनेश श्रेष्ठको नेतृत्वमा भएको वृक्षरोपणमा विभिन्न देशका वाणिज्य तथा महावाणिज्यदूतहरुको उपस्थिति थियो । 

कार्यक्रममा सुरेन्द्र शाक्य (मोनाको), आङ्छिरिङ शेर्पा (बेल्जियम) विनयमान श्रेष्ठ (कोलम्बिया), नरेश श्रेष्ठ (इरान)लगायतले विभिन्न प्रजातिका विरुवा रोपेका थिए । 

वृक्षरोपण कार्यक्रमको व्यवस्थापन कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : ११ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि