दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आज गठबन्धनको सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्री प्रचण्डको दाबी, नेकपा एसका अध्यक्ष नेपाल सरकारको काम कारबाहीप्रति असन्तुष्ट, नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै प्रदर्शन, स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सुरु, मुलपानी क्रिकेट मैदानको नाम परिवर्तनलगायतका समाचारले प्रमुख स्थान पाए ।

गठबन्धनको सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।”

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उनले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गरे । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताए । बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको बताउँदै उनले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको उल्लेख गरे ।

नेकपा एसका अध्यक्ष नेपाल सरकारको काम कारबाहीप्रति असन्तुष्ट

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

चीन जाँदा पनि एअर रूटका बारेमा कुरा हुने प्रधानमन्त्रीको भनाइ

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन जाँदा एअर रूटका बारेमा कुरा हुने बताएका छन् ।

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले छिट्टै चीन भ्रमण हुने बताएका हुन् ।

 प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने पनि बताएका छन् ।

‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ,’ प्रधानमन्त्रीले भने, ‘यस पटक हामीले भिन्न ढङ्गले नै काम सुरु गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ।

लुम्बिनीका क्रसर उद्योगीहरू आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द

लुम्बिनीका क्रसर उद्योगीहरू आन्दोलित हुँदै क्रसर उद्योग नै बन्द गर्ने घोषणा गरेका छन् ।

सरकारको अव्यवहारिक निर्णयले नवीकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन् ।

विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरूको कारण निरन्तर उद्योगहरूको नवीकरण सम्बन्धी समस्या झेल्दै आएको बताउँदै उनीहरूले नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू २०८० असार १५ गते भित्र नवीकरण गर्न मातहतका निकायहरूलाई लिखित स्पष्ट निर्देशन नभएको खण्डमा यस लुम्बिनी प्रदेश क्रसर व्यवसायी सङ्घ बाध्य भई २०८० असार १६ गतेदेखि हाम्रा प्रदेशका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको विक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने निर्णयमा पुगेको लुम्बिनी प्रदेश क्रसर व्यवसायी सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै प्रदर्शन

नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।नेपालमा पुरानो शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले २८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरेका छन् । त्यस्तै कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाई गर्न नहुने उनीहरुको भनाइ छ ।पार्टी बदल्ने अभियानमा लागेको कांग्रेस महामन्त्री थापाको भनाइ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी बदल्ने अभियानमा लागेको बताएका छन् ।नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको सम्मेलनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताए ।उनले कांग्रेस सत्ताका लागि जे पनि गर्ने भनेर छाप परेको भन्दै यसलाई परिवर्तन गर्नका लागि नीति अधिवेशनबाट चुनावी गठबन्धनका विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् ।चीन भ्रमणमा रहेका उपप्रधान श्रेष्ठद्वारा भूकम्पपछि पुनर्निर्माण गरिएको वान चोन काउन्टीको अवलोकन

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पपछि पुनर्निर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज गरेको अवलोकनका क्रममा भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।सिचुवान प्रान्तमा सन् २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ ।पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल र पहल भइरहेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल र पहल भइरहेको बताएका छन् ।

आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले एकताका लागि पहल भइरहेको बताए ।उनले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सुरु

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो ।

पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् ।

संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ ।

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन

 मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको हो ।क्यानले क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेरको हो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ०० बजे

कारागारबाट भागेका सात कैदी झापाबाट पक्राउ

झापा– जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना

जेन-जी आन्दोलनको असर : बिना बर्दीमा फर्किए प्रहरी (तस्बिरहरू)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा देशभरिका

दूग्ध उत्पादक किसानलाई अनुदान

बागलुङ– किसानले उत्पादन गरेको दूध मात्राका आधारमा अनुदान दिने कार्यक्रम

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था