‘आँट छ भने प्रचण्डजीले क्यान्टोनमेन्टको घोटाला पनि छानबिन गर्नुहोस्’ | Khabarhub Khabarhub

‘आँट छ भने प्रचण्डजीले क्यान्टोनमेन्टको घोटाला पनि छानबिन गर्नुहोस्’


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विशेषगरी सत्ता पक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने संसदीय मान्यता छ । तर, प्रतिनिधिसभाका पछिल्ला परिदृश्यहरु हेर्ने हो भने न सरकारले राम्रोसँग काम गर्न सकेको छ, न त प्रतिपक्षको भूमिका नै प्रभावकारी देखिएको छ । यो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कसरी अगाडी बढ्छ ? प्रतिनिधिसभाभित्र जारी रहेको नेकपा एमालेको अवरोध, संसद् सञ्चालनका सन्दर्भमा देखिएका समस्या लगायतका विषयमा आधारित रहेर एमालेको संसदीय दलका सचेतक महेश बर्तौलासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश–

अहिले संसदमा देखिएको परिदृश्य हेर्दा तपाईँहरू अपरिपक्व देखिएको कि सरकारले प्रतिपक्षको मर्यादा नबुझेको ?

नेकपा एमाले संसदीय राजनीतिको परिपक्व शक्ति हो । हामीले सत्ता पक्षमा रहँदा या प्रतिपक्षमा रहँदा संसदमार्फत देश र जनताका मुद्दा र समृृद्धिका एजेन्डाहरूलाई बोकेर नै काम गर्दै आइरहेका छौँ । अहिले हामी संसदमार्फत् सरकारलाई सक्रिय बनाउन र सदनप्रति जवाफदेही बनाउन लागि परेका छौा । हामीले अहिले जनताका आधारभूत आवश्यकता, सुशासनका पक्षहरू, जनजीविकाका मुद्दालाई उठाएका हौँ । संसदमा हामी निर्वाचित भएको ७ देखि ८ महिना भइसक्यो, तर सरकारले दुई वटा विधेयक पनि पारित गर्ने तहमा पुर्‍याउन सकेको छैन । सरकारले संसदलाई कमजोर बनाउन खोजेको छ, त्यो विषयमा हाम्रो खबरदारी छ ।

काम गरेन भनेर अपजसजति सबै सरकारलाई नै लगाएर एमाले संसदको हुलमा उत्रियो भन्ने आरोप छ नि ?

संसदको काम भनेको कानून निर्माण गर्ने हो, त्यो कानून ल्याउने काम सरकारको हो । यो ८ महिनासम्म सरकारले केही विधेयकहरू ल्याएको छैन । हामी काम मागिरहेका छौँ, यस्तो आवाज उठाउँदा संसदको हुलमा हिँडेको भन्ने हुँदैन । संसदले बनाएको कानूनअनुसार सरकार चलेको छ कि छैन, त्यसको निगरानी गर्ने दायित्व संसदको हो । अहिले सरकार त्यसअनुसार चलेको छैन । त्यसैले हामीले खबरदारी गरेका हौँ । सांसदको काम संसदमा जाने, हाजिर लगाउने, भत्ता खानेमात्र होइन । सरकारले हामीलाई काम दिनुपर्छ । संसद्को प्रभावकारिता सबै सरकारको हातमा छ । अहिले लाखौँ मुद्दा चाङ लागेर बसेका छन् । अहिले न्यायधीशहरुको कोटा पनि खाली छ । यो अवस्थामा न्याय परिषद्को बैठक राखेर न्यायाधीश नियुक्तीको प्रक्रियालाई अगाडि बढाउनको लागि भूमिका खेल्नु पर्थ्यो, त्यो छैन । यस्तो कुरालाई रोकेर कानूनमन्त्री असम्बन्धित कार्यक्रमका लागि अमेरिका भ्रमणमा जानुभयो । कति दिन पदमा रहने हो, ठेगान छैन, ऐस आराम गरौँ, घुमिहालौँ भन्नेतर्फमात्र सरकारका मन्त्रीहरुको ध्यान गयो । यो सबैमा हामीले खबरदारी गरेका छौँ ।

गृहमन्त्रीले सुन काण्डका मुख्य साहुहरु कोटतिर छन् भनेपछि तपाईँहरूको खबरदारी त ‘तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’ त होइन नि ?

गृहमन्त्रीले भनेको कुरामा नै हामीलाई विश्वास छैन । यसमा सरकारको मुख्य मान्छेको संलग्नता नभई यो तहको सुन भित्रिने कुरा सम्भव नै छैन । त्यसमा हामीले उच्चस्तरीय छानबिन समितिको माग गरेका छौँ । यो मागको अर्थ सरकारको कामप्रति हामीलाई विश्वास लागेको छैन भन्ने हो । किनकि अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा स्थापना गरिएको जलहरी पित्तलको हो, ओलीले करोडौँ ठगी गरे भनेर संसदमा कुरा उठ्यो, पछि छानबिन गर्दा त्यो छर्लङ्ग भयो । हिजो पशुपतिनाथमा राखिएको जलहरीमा त उहाँहरूले विश्वास गर्नु भएन भने क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट आएको छ, हामीलाई गृहमन्त्रीप्रति पनि आशङ्का छ । उहाँका विगतहरू पनि त्यति राम्रा छैनन् । त्यसकारण यो विषयमा गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्छ । गृहमन्त्रीकै कार्यशैलीप्रति पनि हामीलाई विश्वास छैन ।

पुराना भ्रष्टाचारका फाइलहरू खुलिरहँदा एमालेमा धेरै छटपटी भएको छ भन्ने कुरा आएको छ नि किन हो ?

सरकारले भ्रष्टाचारका फाइल शून्यमा बनाउनु त राम्रो हो । हामीले त्यसमा साथ दिएका छौँ । प्रचण्डलाई सबै फाइल खोलेर छानबिन गरौँ भन्न चाहन्छु । एमाले जोडिएको केही छ भन्ने आशङ्का छ भने पहिला त्यसबाट सुरु गर्नुहोस् । त्यो कुनैमा अवरोध हामी गर्दैनौँ । तर, नभएको कुरामा जनतामा भ्रम छर्ने काम चाहीँ गर्न भएन ।

अहिले ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेलको नाम आयो नि ?

वाइडबडी काण्डमा एमालेको संलग्नता छ भने त्यो फाइल खोल्नु पर्याे । त्यसमा देउवा तानिनुहुन्छ, आरजु तानिनुहुन्छ, माओवादी तानिन्छ । त्यो छानबिन गर्नुहोस् भनेर पनि रोस्ट्रमबाट हामीले भनिरहेका छौँ । आँट छ भने प्रचण्डजीले क्यान्टोनमेन्टको घोटाला छानबिन गर्नुहोस् । अहिले काण्डहरू ल्याउने थर्काउने र सत्ता लम्ब्याउने काम मात्र भएको छ । त्यसैले हामीले संसदीय उच्चस्तरीय छानबिन समितिको माग गरेका हौँ । यो विषय नटुङ्गिएसम्म संसदमा हाम्रो आवाज उठिरहनेछ ।

अहिले एमालेको ध्येय यो गठबन्धन भत्कियोस्, सरकार असफल होस्, प्रधानमन्त्रीले राजीनामा दिउन्, अनि हामी सरकारमा जाऔँला भन्ने हो ?

एमाले सरकारमा रहँदै र नेतृत्व गर्दै आएको पार्टी हो । पदको लोभ र लालचबाट हामी यो कुरा गरिरहेको छैनौँ । यो गठबन्धन ५ वर्षमात्र हैन अरु समय थप होस् । उहाँहरुले जनताको मन जित्नुहोस् । तर, हामीले जनता र देशलाई केन्द्रमा राखेर मुद्दाहरू उठाएका छौँ भनेर ठान्दिन पर्याे । एमालेले सत्ताको लागि नै सोच्ने हो भने कुनै लामो मेहनत गर्न पर्दैन । तर हामी देश र जनताको हितमा काम गर्छौँ । प्रतिपक्षका तर्फबाट हाम्रा मुद्दाहरूलाई स्थापित गर्छौँ । उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमै बसेर त्यसको माग गरिरहन्छौँ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : २७ बजे

संसद् रोकेर कांग्रेस सत्तारुढ दललाई फुटाउने दाउमा छ : डोलप्रसाद अर्याल

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने 

काठमाडौं– सरकारले पूर्व राजपरिवारको सम्पत्ति खोजबिनलाई निरन्तरता दिने भएको छ

 सरकारले गाजाको औषधिजन्य उपयोगको नीतिगत व्यवस्था गर्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन

संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने

काठमाडौं– सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को नीति

सरकारी विद्यालयका शिक्षक, कर्मचारी राजनीतिक दलको सदस्य बन्न नपाउने

काठमाडौं– सरकारले सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा