‘क्विन्टल सुन काण्डमा पर्दापछाडिका खेलाडीलाई पनि समाउनुपर्‍यो’ « Khabarhub

‘क्विन्टल सुन काण्डमा पर्दापछाडिका खेलाडीलाई पनि समाउनुपर्‍यो’


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय एक क्विन्टल सुन प्रकरणले तरंग नै ल्याएको छ । नेपालमा सुन तस्करी कसरी मौलाइरहेको छ अथवा सुनलाई अवैध ढङ्गबाट कसरी ल्याइँदो रहेछ भन्ने ज्वलन्त उदाहरण साउन २ गतेको घटनाले पुष्टि गरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिरिएको सुन सडकबाट समातिँदा विमानस्थलको सुरक्षा जाँच कस्तो छ भन्ने टड्कारो प्रश्न उब्जिएको छ । योभन्दा अगाडि पनि यस्ता घटना नघटेको होइन । तर, पटक पटक तस्करी किन भइरहेको छ र हामी कहाँ चुकिरहेका छौँ त ? यसै विषयमा आधारित रहेर पूर्वसचिव उमेशप्रसाद मैनालीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश–

सरकारी सेवामा तपाईँको लामो समयको अनुभवमा कर्मचारीतन्त्रमा लोभ, आश र दबाब कस्तो हुने रहेछ ?

नेपालको प्रशासनिक संयन्त्र भनेको राजनीतिक रूपमा तटस्थ र कानून कार्यान्वयनमा निष्पक्ष देखिनु पर्ने संयन्त्र हो । त्यसैका लागि यो संयन्त्र बनेको हो । राजनीतिक नेतृत्वले नीति निर्माण गरेपछि कर्मचारीतन्त्रले त्यसलाई पालना गरेर सेवा दिनुपर्ने हो, तर हाम्रो कर्मचारीतन्त्र कमजोर हुँदै गएको छ । निजामती सेवाले संस्थागत स्वरूप लिएको २००७ साल पछि हो । त्यसयता योग्यतामा आधारित निजामती सेवाले राम्रोसँग काम गर्न सकेन । जागिरे जीवनमा अवलम्बन गर्नुपर्ने सिद्धान्तमा कर्मचारीतन्त्र चुक्दै गएको हो । पञ्चायतको बेलामा नेपालको प्रशासन बाहिरबाट हेर्दा राम्रो तर भित्र भने खोक्रो थियो । ४७ सालपछि निजामती कर्मचारीले राजनीतिक कार्यकर्ता जस्तै व्यवहार गर्न थाले । त्यसको कारणले मूल धर्म राजनीतिक तटस्थता गुमाउन गयो । जनताले यो संस्थालाई कामचोर भन्न थाले । त्यसैले अहिले यो संस्था राम्रो छैन ।

पछिल्लो समय चर्चित सुन काण्डमा पनि कर्मचारी नै संलग्न देखिए, यसलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो लोभले हो । र, कर्मचारीतन्त्रमा नैतिक पक्ष पनि खस्कियो । हाम्रो समाज नै अनैतिक भयो । समाजबाट नै कर्मचारी आउने हुन् । कानूनमा स्पष्ट लेखेका कुरा कार्यान्वयन गर्ने कर्मचारीले हो, त्यसमा नेपथ्यका खेलाडी जो भएपनि बाहिर देखिने भनेका कर्मचारी नै हुन् । कर्मचारीले नैतिकताको पालना गरेको भए त्यत्रो सुन कसरी पास हुन्थ्यो ? मेसिन पनि त बिग्रिएको थिएन । सामान्य रुपमा माथिल्लो तहको मान्छे साथमा नभएको भए व्यापारी एक्लैले यो गर्न सक्दैन । त्यसैले पर्दापछाडि आँट दिने अरु कोही छ । व्यापारीले आफैँ यसरी ल्याउँदैन ।

धेरै पटक यस्ता सुन आइरहेका छन्, स्याबासी पाउन एक पटक समातियो भन्ने तर्क पनि आइरहेका छन् नि ?

सधैँ नकारात्मक कुरा गर्नु हुँदैन, राम्रा कामलाई राम्रो भन्नुपर्छ । प्रधानमन्त्री मातहतको मान्छेबाट समातिएको छ । राजस्व विभाग प्रधानमन्त्रीले दिएको आदेश नै हो । विशेष सूचनाका आधारमा त्यत्रो सुन समातिएको छ ।

प्रधानमन्त्रीले आदेश नदिएसम्म राजस्व अनुसन्धान विभागले थाहा पाए पनि छोड्छ हो ?

यदी यस्तो हो भने उ सेटिङमा चलेको वा मिलेको हुनुपर्छ अथवा प्रधानमन्त्रीले रोकेको हुनुपर्छ । तर, त्यो लेबलसम्म सरकार प्रमुखले काम नगर भन्लाजस्तो लाग्दैन । हामीले काम गर्दा त्यस्तो थिएन ।

सुन समातिएपनि मालिक अझै समातिएको छैन, यसमा सबै मिलेको भन्ने शङ्का हुँदैन र ?

अहिले यसमा दोलखाका सामान्य व्यक्तिको नाम आएको छ । त्यसको मुख्य मान्छे नै पत्ता लागेको छैन । किनभने हामी जरोसम्म नै पुग्दैनौँ । नेतृत्वमा भएको मान्छेले कानूनले तोकिएको अधिकारमा रहेर काम गर्नुपर्छ । पर्दापछाडिका खेलाडीलाई समाउनुपर्‍यो । जनताले वाहीवाही गर्ने गरी काम गर्नुपर्छ ।

सुन प्रकरणको अनुसन्धान मुख्य योजनाकारसम्म पुग्न सक्ला ?

सुन काण्डको छानबिन धेरै माथिल्लो तहसम्म जान्छ होला भन्ने लाग्दैन । जे जति भयो भन्सारका दुई चार जना ड्युटीमा परेका फस्छन् । एकै पटक भन्सार प्रमुख र प्रहरी प्रमुखले किन बिदा लिएको ? त्यो लेबलसम्म छानबिन भयो भने यसको अनुसन्धान केही माथि जाला ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ५० बजे

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन