भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १५ जनाको मृत्यु « Khabarhub

भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १५ जनाको मृत्यु


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा पुल निर्माणको क्रममा गर्डर मेसिन खस्दा १५ जना मजदुरको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एम्बुलेन्स र स्थानीयको सहयोगमा घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ । साथै मृतकको शव पनि पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

उक्त भग्नावशेष भित्र केही मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ ।

ठाणे जिल्लाको शाहपुर नजिक समृद्धि एक्सप्रेस राजमार्गमा पुल निर्माणको क्रममा गर्डर मेसिन खसेको थियो । पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फलाम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ । 

मुम्बई र नागपुरलाई जोड्ने ७ सय १ किलोमिटर लामो राजमार्गको तेस्रो चरणको काम भइरहेको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ५९ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज