दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा ललिता निवास प्रकरण : माधव नेपाल निर्दोष भएको प्रचण्डको दाबी, कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित, उपप्रधानमन्त्री श्रेष्ठ संयुक्त र अधिराज्यका राजदूत फेनबीच भेटवार्ता, बागमती क्रिकेट संघको अध्यक्षमा खड्का निर्वाचित, एमाले महासचिव पोखरेल चीन भ्रमणमा जाने, अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्तालगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरण :  माधव नेपाल निर्दोष भएको प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले आज शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेका हुन् ।

अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव हुँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन’, मन्त्री डा महतले भने ।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, ‘न्यायापालिका प्रवेश गरेपछि पछाडि फर्केर हिँड्नु परेन । जहिले पनि म अग्रस्थानमा पुगिरहेको छु ।’

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित

कोशी सरकारविरुद्धको रिटमा आज निर्धारित सुनुवाइ स्थगित भएको छ । आज यो रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो ।

तर न्यायाधीश खतिवडाले हेर्न नमानेपछि सुनुवाइ स्थगित भएको हो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ संयुक्त र अधिराज्यका राजदूत फेनबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकामा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिए ।

चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा हुन्छ : प्रवक्ता सापकोटा

नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग ९नक्सा० समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन्।

शुक्रबार नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरूसँग काठमाडौंमा भएको छलफल कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल(चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए।

अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एमाले महासचिव पोखरेल चीन भ्रमणमा जाने
नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन् ।

१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदै छ ।

दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

जलवायुबाट हुने असरको क्षतिपूर्ति लिन दाबी गरौँ : वनमन्त्री महतो
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै सङ्घ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन् ।

सुशासन र समृद्धिको यात्रामा सरकार स्:प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए।

जमलमा केन्द्रीय पुस्तकालयको भवन बनाएरै छाड्छु: शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले जमलमा केन्द्रीय पुस्तकालयको भवन निर्माण गरेर छाड्ने संकल्प व्यक्त गरेका छन् ।

सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० का अवसरमा आज आयोजित मूल समारोह समितिको कार्यक्रममा उनले सो स्थानमा भवन बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई सहरी विकास मन्त्रालयमातहतको भवन विभागले बनाउने गरी बजेटसमेत तर्जुमा भइसकेको अवस्थामा कानुनी विवाद उत्पन्न भएकाले निर्माणमा ढिलाइ भएको जनाए ।

बागमती क्रिकेट संघको अध्यक्षमा खड्का निर्वाचित

नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।

काठमाडौँमा रोपाइ जात्रा सम्पन्न
काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।

हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : ०० बजे

बाढीमा हामफालेका राजवंशीको शव भेटियो

झापा – जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ पश्चिम भाकुरमारीस्थित कृष्णे खोलामा आएको

बाढीपहिरोले खोटाङमा २७ घर पुरिए

खोटाङ – अविरल वर्षासँगै आएको बाढी तथा पहिराले खोटाङमा २७

विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने

बागमती – बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्बाट पीडित

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढी, पहिरो र

उत्तरी गोरखाको साम्दोमा हिमपात

गोरखा – उत्तरी गोरखामा भारी हिमपात परेको छ । जिल्लाको