तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी « Khabarhub

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

ढिलै भए पनि यो नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्यले बताए । यसअघि आयातनिर्यात पटकपटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन ।

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो । पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन् । भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ । तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्रीले बताए ।

नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ । तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ । चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उनको भनाइ छ ।

नाका खुलेकोमा खुसियाली साट्न पुगेका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताए । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदै छन् ।

नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन् । चीनको सेबोकाकी पूर्वव्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गरे। भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो । अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन् । खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन् । यसको पुनःनिर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : २१ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो