सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २७ जना घाइते « Khabarhub

सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २७ जना घाइते


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

सिरहाको गोलबजार नगरपालिका ९ मारुती सिमेन्ट उद्योगअगाडि राजविराजबाट जनकपुर जाँदै गरेको ना ४ ख ६१८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डले जानकारी दिए ।

अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भएपनि अझै घाइते हुनसक्ने र कतिपय बिरामीहरू एम्बुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको सूचना अधिकारी पाण्डले बताए ।

बिग्रिएको बाटोमा अनियसन्त्रत भई बस पल्टिएको हुनसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ३५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय