गोरखाको अजुवा खोला मोटरेबल पुल निर्माण अलपत्र | Khabarhub Khabarhub

गोरखाको अजुवा खोला मोटरेबल पुल निर्माण अलपत्र


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।

एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचेक्र्याइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटकपटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल चार करोडमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई तीन करोड २० लाख भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताए ।

ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायतका काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।

तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ’, उनले भने ।

चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : ५२ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन