गोरखाको अजुवा खोला मोटरेबल पुल निर्माण अलपत्र « Khabarhub

गोरखाको अजुवा खोला मोटरेबल पुल निर्माण अलपत्र


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने अजुवा खोला मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन । आरुघाट गाउँपालिका–३ र ४ जोड्ने पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेको हो ।

एघार किलो छेपेटार भालुस्वाँर बारपाक सडक आयोजनाको कार्यालयले ठेक्का लगाएको उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको कारण ढिलासुस्ती भएको हो । विसं २०७४ साउनमा कार्यालयले कन्काई गोरखा एप्रोपेट जेभीसँग मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार १८ महिनाभित्र २०७५ माघमा निर्माण सम्पन्न गर्नुपर्ने पुल सम्झौता भएको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले हेलचेक्र्याइँ गर्दासमेत कार्यालयले आवश्यक पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

निर्धारित समयमा काम सम्पन्न नगरेको कम्पन्नीलाई पटकपटक गरेर अहिलेसम्म चारपटक म्याद थप गरिसकेको कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । पछिल्लोपटक गरिएको म्याद थपअनुसार गएको असारसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

कुल चार करोडमा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको कार्यालयले ठेकेदार कम्पनीलाई तीन करोड २० लाख भुक्तानी गरिसकेको छ । पुलको भौतिक प्रगति भने ८३ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख खड्काले बताए ।

ठेक्का सम्झौताअनुसार अझै पनि पुलसँगको पहुँचमार्ग निर्माण, पुलको दायाँबायाँ रेलिङ निर्माणलगायतका काम बाँकी नै रहेको छ । ठेकेदार कम्पनीले नियमितरूपमा काम गरे बाँकी रहेको काम सम्पन्न गर्न धेरै समय नलाग्ने उनको भनाइ छ ।

तीस मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा फुटपाथसहित निर्माण गर्ने गरी कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ‘ठेकेदार कम्पनीले गरेको लापरवाहीका कारण नै पुल निर्माणमा ढिलाइको मुख्य कारण हो, त्यसबाहेक भौगोलिक कठिनाइका कारण पनि पुल निर्माणमा केही समस्या भएको छ’, उनले भने ।

चौथोपटक थप गरिएको समयमा पनि ठेकेदार कम्पनीले काम सम्पन्न नगरेपछि कार्यालयले पुनः म्याद थपको तयारी गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : ५२ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले