स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ « Khabarhub

स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् ।

चितवनको राप्ती नगरपालिका–१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो ।

सिरहाको सखुवानान्कारकट्टि गाउँपालिका–५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि –११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : १९ बजे

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी