फाइल तस्बिर

समाचार

द्रूत बस सेवा विस्तार हुन्छ : मन्त्री ज्वाला

By खबरहब

December 01, 2023

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस सेवालाई विस्तार गरिने बताएका छन् ।

शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रूत बस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री ज्वालाले चक्रपथलगायत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए । उनले सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्दै सुरु गरेको सेवा सञ्चालमा केही चुनौति र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राखे ।

अनुगमनका क्रममा मन्त्री ज्वालाले सूर्यविनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए । हाल सो रुटमा प्रत्येक ३– ३ मिनेटको फरकमा ३६ वटा बस सञ्चालनमा रहेका छन् ।