दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दिनभर आज यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु, चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन, समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै, जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु,राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाईलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु

उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रचण्ड र माधवले षड्यन्त्र गर्दा पनि पार्टी सिद्धिएन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी जोगाएकोमा कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए ।

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् ।

राष्ट्रपतिले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा त्यस्तो बताएका हुन् । उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राखेका थिए ।

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।

कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।”

समर्थक र शुभेच्छुक भेट्न रवि लामिछानेसहित रास्वपाका दुई नेता विदेश जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार (भोलि) देखि विभिन्न देशको भ्रमणमा जाने भएका छन् ।

उनी शनिबार राति १० बजे मलेसिया जाने कार्यक्रम छ । उनी त्यहाँ २१ गतेसम्म रहने बताइएको छ । त्यसपछि उनी २१ गतेदेखि २३ गतेसम्म कतारमा रहनेछन् । कतारपछि २४ गतेबाट २८ गतेसम्म बेलायतको भ्रमणमा रहने प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख तथा पार्टीका उपसभापति डोलप्रसाद अर्यालले खबरबलाई बताए ।

नेतृत्वकाे इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् । नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए ।

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै उनले जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको बताएका हुन् ।

राजसंस्था, हिन्दू राष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानासाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र सङ्घीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।

जनमत पार्टीको सङ्गठन विस्तार र अधिवेशनको कार्यक्रम आजदेखि सुरु

डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ ।

पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि ९मङ्सिर १५० आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टि२० प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मधेशले आर्मीलाई ११ रनले हराएको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो : कार्यवाहक प्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे । “हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी–कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने ।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

माघ १३ गते हुने निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आयोगको सिफारिसमा सरकारले माघ १३ गते राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुवात गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

रुकुम पश्चिममा मंगलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ०१ बजे

सभामुखले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन