समाजवादीको पोलिटब्यूरो बैठक बस्दै : सरकारबारे निर्णय गर्ने « Khabarhub

समाजवादीको पोलिटब्यूरो बैठक बस्दै : सरकारबारे निर्णय गर्ने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक सोमबार बस्दैछ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ।

दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो बोलाइएको हो।

एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन।

केही नेताहरुले माओवादी अध्यक्ष प्रचण्डले धोका दिएको बताएका छन् भने केही नेताले वाम शक्ति सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ०१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ