लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा « Khabarhub

लाप्राकका भुकम्प पीडितले पाए लालपुर्जा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्। हालसम्म ५ सय ५४ घरधुरीले लालपुर्जा पाएका र बाँकीले केही समयभित्र पाउने वडाध्यक्ष किसान गुरुङले जानकारी दिए। उनका अनुसार त्यहाँ ५ सय ७३ घर निर्माण भएको छ।

सरकारी जग्गा मन्त्रिपरिषदबाट निर्णय गरेर घरधनीलाई २०७७ सालबाट लालपुर्जा वितरण गर्न थालिएको हो। पहिलो चरणमा २०७७ सालमा २ सय ८० घरधनीलाई लालपुर्जा वितरण गरिएको थियो। दोश्रो पटक पुस ९ देखि १६ गतेसम्म थप लालपुर्जा वितरण गरिएको हो।

लालपुर्जा वितरणका लागि मालपोतका कर्मचारी लाप्राक नै पुगेका थिए। अब १९ जनाको मात्रै वितरण बाँकी रहेको र अधिकांश विदेश भएकाले राेकिएकाे पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए। उनका अनुसार केही घरधनीको मृत्यु समेत भैसकेको छ। सरकारले प्रत्येक परिवारलाई ३ आना जग्गा वितरण गरेको थियो। सोही जग्गामा एनआरएनएले ४ कोठाको दुईतले घर निर्माण गरिदिएको हो।

उक्तबस्ती निर्माणका लागि एनआरएनए र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सहरी विकास मन्त्रालय बीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो। तर घर भने निकै ढिलो गरि सम्पन्न भएको हो। गुप्सी पाखामा घर बनाइएपनि लाप्राकीहरु नयाँ घरमा सर्न भने आनाकानी गरिरहेका पुर्व वडाध्यक्ष राज गुरुङले बताए। अहिले पनि सबैजसो घरहरु खाली छन्। लाप्राकीहरु पूरानै घरमा बसिरहेका छन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ४० बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४