गृहमन्त्रीले बोलाएको सुरक्षा निकायका प्रमुखको बैठक सुरु | Khabarhub Khabarhub

गृहमन्त्रीले बोलाएको सुरक्षा निकायका प्रमुखको बैठक सुरु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ।

गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए। उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।

यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्। आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ।

यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिने गृहमन्त्रालयले जनाएको छ।

गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफुले गृहमन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन्। मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ३१ बजे

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको

पर्वले एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिमा गरिने पूजापाठ र अनुष्ठानले

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी