रेशम चौधरी रिहा नभए उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने « Khabarhub

रेशम चौधरी रिहा नभए उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा बैठक अबरुद्ध गर्ने पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघीअअघि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनुपर्छ, त्यसो नभए माघिपछि प्रदेशसभा चल्न दिने छैनौं ।’

उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । ‘त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलनजस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोलन भएको उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : ५६ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको