कर्णाली प्रदेशसभा बैठक : एमाले पहिलो पार्टी बनेको दाबी  « Khabarhub

कर्णाली प्रदेशसभा बैठक : एमाले पहिलो पार्टी बनेको दाबी 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् । 

प्रत्यक्षमा तल-बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू भइरहेको बताए । अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्छ । यदि सकिएन भने संघीयतामाथि प्रश्न उठ्न सक्छ । त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सदस्यहरूले १७ लाख जनताको पक्षमा काम गरेको बताए । 

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले कर्णाली प्रदेश आफैमा ‘सुनको डल्लो’ भएको बताएका छन् । उनले सुनको डल्लोलाई गहनाका रूपमा प्रयोग गर्ने चुनौती प्रदेश सभाका सांसदहरू माझ रहेको बताए । ‘सुनको डल्लो’लाई गहना बनाउनका लागि जनताले हामीलाई कालिगड बनाएर पठाएका छन्, हाम्रो अगाडिको चुनौती गहनाको रूपमा प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषय छ, त्यसमा वृहत् बहस हुन जरुरी छ, ’उनले भने, ‘हामीले कर्णालीमा त्यो अनुसारको नीति, विधि निर्माण गर्नुपर्छ र त्यसरी जाँदा मात्रै कर्णाली समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’ 

शर्माले वित्तीय र प्रशासनिक संघीयता अस्तव्यस्त रहेको भन्दै अहिले संघीयतामाथि नै प्रश्न उठिरहेका बेला प्रदेशका साझा र एकल अधिकारहरूलाई लागू पर्ने कुरामा केही कठिनाइ भएका उनको ठम्याई छ । उनले हिजोको दिनमा कोरेका गोरेटाहरू पुरा गरेर मात्रै त्यो आन्दोलनको ज्वारभाटा रोक्न सकिने बताए ।  प्रदेशसभा सदस्य सन्तोषी शाहीले विदेशी हस्तक्षप र आन्तरिक उपलब्धि समेत संस्थागत हुन नसकेको बताइन् । राजसंस्था, हिन्दुधर्म हटाउने निर्णयले देश अस्थितर भएको समेत दाबी गरिन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ०९ बजे

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा