कोरोनाको जोखिम बढ्दै गएपछि झुलाघाट नाकामा कडाइ | Khabarhub Khabarhub

कोरोनाको जोखिम बढ्दै गएपछि झुलाघाट नाकामा कडाइ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।

झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौँ, स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए-नपाएका बारे यकिन गर्ने काम पनि भइरहेको छ ।’

भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले पनि आग्रह गरेको छ ।

कोरोनाको जोखिम कम गर्न भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।  यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : १५ बजे

योग दिवस मूल समारोह समितिद्वारा विशेष कार्यक्रम आयोजना

भक्तपुर– आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर

१९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार

एकीकृत समाजवादी महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा