सामूहिक आलु खेतीमा आकर्षित किसान « Khabarhub

सामूहिक आलु खेतीमा आकर्षित किसान


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान सामूहिक आलुखेतीमा आकर्षित भएका छन् । समूहमा आबद्ध यहाँका किसान कृषिमा आत्मनिर्भर हुन यतिबेला आलु गोडमेलमा व्यस्त देखिन्छन् ।  एक बिघा जमिन भाडामा लिएर पशुपति किसान समूहमार्फत सामूहिकरुपमा आलुखेती गर्दै आइरहेको समूहका अध्यक्ष बलराम पोख्रेलले बताए । सामूहिकरुपमा कृषिमा केही गर्ने उद्देश्यले आलुखेतीमा लागेका उनीहरु बजारीकरण र जिल्लामा उपयुक्त कोल्डस्टोर नहुँदा आफूहरूले लगाएको आलु बिग्रने चिन्तामा छन् । 

‘आलु स्थानीय बजारले खपत नगर्दा घाटामा जान्छ कि भन्ने चिन्ता छ’ अध्यक्ष पोख्रेलले भने ‘सबै मिलेर धेरै मेहनत गरेका छौँ बजारीकरण सोचेअनुरुप भए अर्को वर्ष डेढ बिघामा आलु खेती गर्नेछौँ ।’ सामूहिकरुपमा आलु खेती गर्नुभएका अर्का किसान जगनाथ पोख्रेलले यसपाली आलु खेतीबाट राम्रो आम्दानी हुने आशा गरेका छन् । विगत वर्षमा सामूहिकरुपमा प्याज  र गोलभेँडा खेती गर्दै आएका पशुपति किसान समूहका किसान अर्को वर्ष सामूहिक मकै खेती गर्ने सोचमा छन् ।

महिला खेतबारीमा बढी व्यस्त हुने गर्छन् । अहिले सामूहिकरुपमा लागेपछि समयको बचतका साथै धेरै कुराको जानकारी हुने अर्की किसान देउरुपा चापागाईं बताउँछन् । सामूहिकरुपमा खेती गर्दा कृषि व्यवसायमा राम्रो सम्भावना रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उक्त समूहको लक्ष्य छ ।

जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर जमिनमा आलु खेती भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछाने बताउँछन्।

 ‘गत वर्ष तीन हजार एक सय १५ हेक्टरमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा थप विस्तार गरिएको छ’ उनी भन्छन् ,’गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो ।’ जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : ३१ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा