गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि « Khabarhub

गुल्मीमा सुन्तला उत्पादनमा वृद्धि


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा जिल्लामा १६ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । गत वर्ष पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा कूल नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । 

जसअन्तर्गत उत्पादनशील पाँच सय ८८ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जसको उत्पादकत्व ११.८० मेट्रिकटन प्रतिहेक्टर रहेको भण्डारीले बताए। जिल्लामा यस पटक २९ करोड ३७ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तलाबाट यहाँका कृषकले रु १३ करोड २१ लाख ४१ हजार आम्दानी गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

 कृषकको आफ्नै लगानी, स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ हेक्टर क्षेत्रफलमा सुन्तला रोपण गरेका छन् । कृषकले रोपण गरेका कूल सुन्तला बगैँचाको क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा सुन्तला फलेको ज्ञान केन्द्रको तथ्यांक छ । सुन्तला बढ्नुमा क्षेत्रफलमा वृद्धि, फल बाक्लो लाग्नु, बगैँचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल र फल्ने बोटको सङ्ख्यामा बढ्नु रहेको छ ।

विगत १० वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापनमा गरिएका असल कृषि अभ्यासको कारण सुन्तला उत्पादनमा बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीका प्रमुख गङ्गा पोख्रेल बताउँछन्। गुल्मीमा अझै पनि परम्परागत प्रविधिबाट सुन्तलाको खेती गर्ने प्रचलन छ । जसका कारण ९५ प्रतिशत भन्दा बढी सुन्तला बगैचाहरु बिजु बोटकै रहेका छन

बिजु बोटमा फेद कुहिने र जरा कुहिने मुख्य समस्या देखिएको छ । त्यसका अतिरिक्त अधिकांश बगैँचामा मलखाद र सुुक्ष्म तत्वको अभावले पात पहेँलो र  छिर्केमिर्के हुने, बोटका हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, फल नलाग्ने र लागेपनि रसिलो नहुने, बोक्रा बाक्लो र फल सानो हुने जस्ता समस्या देखिएको परियोजना प्रमुख पोखरेलले बताए । 

सुन्तलाजात फलफूलको दिगो रुपमा बृहत्तर विकासका लागि कृषि ज्ञान केन्द्रले सुन्तलाका अगौटे तथा पछौटे जात पहिचान गरी तिनको व्यावसायीकरण गर्न सुरु गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापनमा सुधार गर्ने, सुन्तलाजात फलफूल बिरुवाको न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण, जालीघर पद्धतिमा कलमी बिरुवामा उत्पादन प्रविधिको विस्तार, बिजु बिरुवा रोपण कार्यलाई पूर्णमा रुपमा बन्द गर्ने लगायतका कार्यक्रमलाई कृषक माझ पुर्‍याउन थालेको छ । ज्ञान केन्द्रले सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा सुधारलगायत मलखाद, सिँचाइ र काँटछाँट गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ । 

जिल्लाका १२ स्थानीय तहमध्ये नौ पालिका सुन्तलाको पकेट क्षेत्र रहेका छन् । जसअन्तर्गत रेसुङ्गा नगरपालिकाको भाँडगाउँ, अर्खले र भुवनपानी, धुर्कोट गाउँपालिकाको नयाँगाउँ र पिपलधारा, छत्रकोट गाउँपालिकाको लुम्छारुक्से, मुसिकोट नगरपालिकाको अर्लाङकोट तथा गुल्मीदरवार गाउँपालिकाको जुभुङ लगायतका स्थान सुन्तला खेतीका लागि प्रख्यात छन । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ४९ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति