ठेक्का रकमको २० प्रतिशत पेस्की पाउनुपर्ने निर्माण व्यवसायीको माग « Khabarhub

ठेक्का रकमको २० प्रतिशत पेस्की पाउनुपर्ने निर्माण व्यवसायीको माग


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको छ ।

अर्थ र गृहमन्त्रीसँगको भेटका क्रममा आफूहरूले २० प्रतिशत पेश्कीको विषयलाई महत्त्वका साथ उठाएको महाङ्घका अध्यक्ष रवि सिंहले बताए । कुनै आयोजना तथा कार्यक्रमको ठेक्का रकमको २० प्रतिशत पेश्कीका रूपमा ठेकेदारले पहिल्यै पाउनुपर्ने व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न माग गरिएको उनको भनाइ छ ।

“सार्वजनिक खरिद कानूनअनुसार निर्माण व्यवसायीले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेशन रकम (पेस्की) उपलब्ध गराउन आग्रह ग¥यौँ । निर्माण सम्पन्न भइसकेका परियोजनाको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायी मारमा परेको बारे मन्त्रीलाई जानकारी गरायौँ”, अध्यक्ष सिंहले भने ।

उपप्रधानमन्त्रीद्वय समक्ष महासङ्घले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम सङ्कट झेलिरहेको जानकारी गराएको थियो । त्यस्तै निर्माण व्यवसायीको धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षालगायतका विषयमा महासङ्घले ध्यानाकर्षण गराएको थियो ।

निर्माण व्यवसाय क्षेत्रको समस्याका बारेमा आवश्यक अध्ययन गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता उपप्रधानमन्त्रीद्वयले जनाएको सिंहको भनाइ छ । महासङ्घका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले आयोजनामा तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न तदारुकताका साथ काम गर्न निर्देशन दिएका छन् ।

यस्तै, गृहमन्त्री लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने बताउनुएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ०९ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति