युक्रेनी सेनाको आक्रमणबाट ६३ जना रुसी सैनिकको मृत्यु | Khabarhub Khabarhub

युक्रेनी सेनाको आक्रमणबाट ६३ जना रुसी सैनिकको मृत्यु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।”

रूसी रक्षा मन्त्रालयले भनेको छ, “मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।” युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रूसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ ।

यो वक्तव्य युक्रेनमा रूसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो । क्रेमलिनका आलोचकहरूले रूसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन् ।

रूसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ (डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ः०० बजे) राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् । उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रूसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : १७ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको