सात वर्षमा पनि बनेन दोदामा पुल « Khabarhub

सात वर्षमा पनि बनेन दोदामा पुल


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो ।

विसं २०७५ पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म पुल निर्माण नहुँदा यहाँका स्थानीयवासीले सास्ती खेप्दै आउनुपरेको छ । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कुनै काम हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण समयमा सम्पन्न हुन नसकेको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका सूचना अधिकृत पियुष चटौतले पुलको जगमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बन्न लागेको बताए ।

“पुलको फाउन्डेसनमा समस्या आएपछि अर्को स्थानमा पुल बनाउन निर्माण कम्पनीलाई पत्राचार गरिसकेका छौँ”, उनले भने, “सडक कार्यालयले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो नदेखाउँदा निर्माणमा ढिलाइ भएको हो ।”

सडक डिभिजन कार्यालयका अनुसार २०७७ माघ २५ मा पुलको काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा भए पनि पछि २०८० साल असार मसान्तसम्म म्याद थप भएको छ । म्याद थप भए पनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको काम भने सुरु गरेको छैन ।

दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि यहाँका स्थानीयवासीहरूले आवतजावतमा समस्या झेल्दै आएका छन् । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीयवासी बताउँछन् । खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीयवासी रघुवीर रानाले बताए । नदीपारि बसाइँ र वारि खेतबारीको काम गर्नुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्सातमा नदी तर्न बाध्य रहेको उनले सुनाए । “पुल नहुँदा बर्खामा धेरै समस्या हुन्छ हाम्रो खेत वारि भएकाले आउन बाध्य हुन्छौँ”, उनले भने, “केही वर्ष अगाडि नदीले बगाएर दुई जनाको ज्यान गएको थियो ।”

त्यसैगरी स्थानीयवासी शाहदेव रानाले पुल नहँुदा वर्षौंदेखि समस्या भोग्दै आएको बताउनुभयो । “पिल्लर बनेको चार÷पाँच वर्ष भयो अहिलेसम्म पुल बनेन”, उनले भने, “हिउँदमा काठे पुलको सहाराले नदी वारपार गर्छौं ।” पुल निर्माणका लागि लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । सोमध्ये निर्माण कम्पनीले रु १४ करोड ८८ लाख भुक्तानी लिइसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : २३ बजे

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै