बलात्कार गरेको आरोपमा दुईजना पक्राउ « Khabarhub

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुरको बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । 

उनका अनुसार बुधबार साँझ ६ बजे  मुगु घर भई हाल काठमाडौँ थानकोट बस्ने १५ वर्षीय बालिकालाई बलात्कार गरेर फरार भएका भक्तलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

साथै मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप हुम्ला अदानचुली गाउँपालिका-३ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

गगन परियारलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : ५९ बजे

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा