सिमसार संरक्षण र सम्झना « Khabarhub

सिमसार संरक्षण र सम्झना



हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रुपमा मान्ने गरिन्छ । सन् २०२३ यस वर्षको नारा रहेको छ, ‘आजको आवश्यकता, सिमसारको पुनस्र्थापना’ । तर जति भनिन्छ, काम त्यति भएको छैन । पछिल्ला दिनहरुमा सिमसारको मानवीय अतिक्रमणले चराहरुको संख्या समेत कम भएको स्पष्टै छ ।

प्रकृतिविना मानव जीवन कल्पनासम्म गर्न नसकिने जान्दा जान्दै मानव यसको दोहनमा लागेको छ, आज त्यही मानवका लागि संसार कष्टकर हुँदैछ भने भोलिका दिन कस्ता होलान् र हामीले पछिल्लो पिँढीलाई के छोड्छौँ होला, सबैको चिन्ताको विषय बनेको छ ।

अघिल्लो वर्षको नारा ‘पानी र सिमसार’ भन्ने रह्यो भने त्यसअघिको वर्षमा ‘सिमसार र जैविक विविधता’ भन्ने रहेको थियो । सामान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमीनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धान बालीका लागि उपयुक्त स्थान, भूमिगत जलस्रोत, वर्षामा पानी बढ्ने प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी पानी जमेको, बगेको, नदीबाट प्रभावित, धापिलो, दलदल, ताल, जलाशय वा भनाँै कृषि भूमि समेतलाई सिमसारको रुपमा हेर्ने चलन छ ।

रामसार महासन्धिले भनेअनुसार सिमसार भनेको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, जमेको वा बगेको, नुनिलो वा स्वच्छ पानीले ढाकेको जमीन हो । नेपालमा कृषियोग्य भूमि प्रशस्त भए पनि खासमा सिमसार भूमि भने तराई, पहाड, हिमाल गरी अन्तर्राष्टिृय महत्व बोकेको सिमसार भूमि कूल भूमिको ५ प्रतिशत मात्र छ । यसरी हेर्दा यहाँ सिमसारले ओगटेको क्षेत्र करिव ६० हजार ५६१ हेक्टर छ । नेपाल रामसार महासन्धिको पक्ष राष्टृ भएपछि कोशी टप्पु वन्य जन्तु आरक्ष, वीस हजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल, रारा ताल शे–फोक्सुन्डो ताल, माई पोखरी, गोसाँइकुण्ड, पोखरामा रहेका विशेष ९ वटा तालको समूह समेत जोड्दा रामसार सूचीकृत सिमसार क्षेत्रको संख्या १० छ ।

सन् १९९७ मा रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेव्रुअरी २ लाई संस्मरण गर्दै सिमसार दिवस मनाउने गरिएको हो । सन् १९९८ देखि हरेक वर्ष नयाँ नाराका साथ मनाउने पनि गरिएको छ । नेपालमा राष्टिृय रामसार रणनीति तथा कार्य योजना २०१८ , २०२४ ले ५ः४१ प्रतिशत भूमि सिमसारक्षेत्रमा रहेको पुष्टि गर्छ र सिमसार नीति २०१२, पाँच वर्षे राष्ट्रिय रामसार रणनीति २०१८ र सिमसार समितिको अगुवाइमा सिमसार संरक्षणको प्रयास भइरहेको देखिन्छ । सिमसारमा आउने परिवर्तनललाई विश्वव्यापी जलवायु परिवर्तनको असर सँग जोडेर पनि हेर्ने गरिएको छ ।

विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानक्षेत्रमा व्यापक परिवर्तन आएको छ । प्राकृतिक स्रोतको अधिकतम दोहन भएको छ, जसले गर्दा सिमसारक्षेत्रमा पानीको अभाव भएको छ, सुख्खाक्षेत्रको वृद्धि भएको छ । पानीको अभावमा कृत्रिम पानीको व्यवस्थापन सजिलो छैन ।

नेपालमै राम्रो मानिने चितवन राष्टिृय निकुन्जमा समेत हाल ५८ वटा भन्दा बढी कृत्रिम तालहरु बनेका देखिन्छन्, सिमसार क्षेत्रमा आएको ह्रासकै कारण त्यहाँ एक सिँगे गैडाको लागि घोेलको अभाव छ । नेपालमा सिमसारक्षेत्रमा १७२ भन्दा बढीका लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरु रहेका छन् । हाल नेपालमा स्थायी र अन्यत्रबाट बसाइँ सरी आउने जल पन्क्षीको संख्या सिमसार क्षेत्रको विनाशकै कारण घटिरहेको छ । चितवन मात्रै होइन पर्सा, बाँके, शुक्लाफाँटा लगायत, काठमाडौँको टौदह, चोभार, चराकै स्वर्ग मानिने सुनसरी समेतमा पानीको अभाव छ ।

काठमाडौँको टौदह चोभारमा सुख्खा बन्दरगाहले ठाउँ पाएको छ । नेपालको पूर्वीक्षेत्र गुराँसको राजधानी हो । तर राष्टिृय गौरवको आयोजना भन्दै कोशी कोरिडरमा विद्युत प्रसारण लाइन अन्तर्गत हजारौाको संख्यामा रुख कटान हँुदा समस्या थपिए । विकासले विनास निम्त्यायोे, सिमसार, जलवायु र मानव सभ्यतालाई धावा बोलिने गरी निम्ता गरिएको विकासले मानवलार्ई कहाँ पुर्याउँछ, पत्तो छैन ।

सुनसरीमा औद्योगिक र मानव अतिक्रमणका कारण कोशी टप्पूक्षेत्र साँघुरिएको छ । त्यहाँको जगदीशपुर तालमा हरेक वर्ष २५ हजार भन्दा बढी जलपन्क्षीहरु विचरण गर्न आउँथे भने विगतमा केवल १७ हजारको तथ्याँक बाहिर आयो । बाघ, गैँडा, हात्ती, अर्ना जस्ता ठूला जनावरका लागि पानीको आपूर्ति भइरहनु पर्ने र निरन्तर त्यहाँ चिस्यानको आवश्यकता पर्छ ।

गर्मीमा तिनीहरु घोलमा खेल्ने गर्छन् । प्रशस्त पानी भएको र हरियाली भएकै स्थानमा पाटे बाघले आप्mनो बासस्थान बनाउँछ, ६ महिनामा १० गैँडाहरु मारिएका खबर त आएकै हो हालसालै मात्र, मानव कति निर्दयी भएको छ ।

सिमसार भनौँ नदी, वन, जलाशयको अतिक्रमणकै कारण आज मानव आक्रान्त छ । ध्वनि, वायु एवं जल प्रदूषणका कारण कडा रोगको उच्च जोखिममा छ, अधिक कार्वनको उत्सर्जनले कडा रोगको उच्च जोखिममा पनि छ । मानव सभ्यताको इतिहास लामो अर्थात् ५५ करोड वर्ष नाघिसकेको छ । ढुंगे युगको मान्छे आजको विकास क्रममा आइपुग्नु चानचुने कुरो थिएन, मानवले बस्ती बसाउँदै आयो उसले आपूmलाई नदी, जलाशय, खोलानालाकै छेउ छाउ मन परायो ।

इन्दस नदीको वरपर हिन्द, मिश्र, रोम, मेसोपोटामिया जे भने पनि ठूला मानव सभ्यता सिमसार, नदी, खोला नाला, जलाशय वरपरबाटै सुरु भएको हो । विश्व प्रसिद्ध शहर न्यूयोर्क, लण्डन, संघाइ, ढाका, दिल्ली, क्वालालम्पुर सबैजसो मुख्य शहरहरु नदी, खोला, सागर छेउछाउ नै त छन् ।

नेपालको राजधानी काठमाडौँ शहर बस्ती बस्नु पूर्व यहाँ रहेको पानीलाई वरदा र मोक्षदा शक्तिको प्रयोग गरी चोभारको डाँडो काटी पानी बाहिर पठाई शहर बसालेको इतिहास छ । भनिन्छ, पानीको श्रोत मन पर्ने नेपालका अधिकाँशक्षेत्रमा हाल पनि नाग देवता विराजमान छन् ।

काठमाडौँ उपत्यका मात्र होइन हाम्रा ठूला भनिएका मुख्य शहरहरु भद्रपुर, चन्द्रगढी, दमौली, पोखरा, विदुर बट्टार, जोमसोम, नारायणघाट, बुटवल, वेनी, महेन्द्रनगर शहर सबैजसो नदी खोला सिमसार क्षेत्र नजिकैै रहेका छन् ।

कार्वन उत्सर्जनको प्रमुख कारक मानिस नै हो तर प्रकृतिलाई नबिर्सने हो भने सिमसार, वन, नदी खोला नालाहरुले मानव उत्सर्जित कार्वनलाई सोसेर लिन्छ । विश्व खाद्य संगठन भन्छ माटोभित्र ३० प्रतिशत कार्वन संचित छ । जल, जमिन, वन, ऊर्जालाई खलल पुर्याउँदा जलवायु परिवर्तन र त्यसको नकारात्मक असरलाई मानव संसारले स्वीकार नगरी सुखै छैन । प्रकृतिले कार्वन लिन्छ, अक्सिजन दिन्छ । तर मानवको अभिन्न अंग बनेको प्रकृतिको चरम विनाशतिर स्वयं मानव नै उन्मुख छ ।

संसारकै प्रसिद्ध मुलुकमा बढी चीसोका कारण मानिसको अवशान भएको छ । विगतमा माइनस ७० डिग्रीको सेल्सियस अमेरिकामा र अष्टेृलियामा प्लस ४७ डिग्री सेल्सियस तापक्रमको खवर बाहिर आयो । प्लस ४७ डिग्री सेल्सियसको कथा व्यथाले के पूर्व के पश्चिमा मुलुक सबैतिर सकस भइराखेको अवस्था छ । मान्छेले थाहै नपाएको कोरोना भाइरस रोगले लाखौँलाई निलेको छ ।

पानी प्रदूषित हुनुमा, पानिमा जलचर नपाइनुमा मानव निर्मित प्रदूषण कार्वन उत्सर्जन नै हो । वन जंगलले, पानीले, जमीनले, नदी, सिमसारले कार्वनलाई सोसेर लिन्छ । कार्वन अक्साइडकै कारण आज मानव कडा रोगको उच्च जोखिममा छ । सबैभन्दा बढी कार्वन सोसेर लिने वन नै हो ।

वन, नदीनाला, सिमसारक्षेत्रको अतिक्रमणले मानव आफँै अकाल मृत्युवरण गर्दैछ । ताल, नदी, इनार, खोला, वन, जलाशयहरुको संरक्षण गर्ने काम स्थानीयकै हो, स्थानीय सरकारकै हो तर हामीकहाँ राजनैतिक धन्दा बढी छ ।

नेपालको अधिकतम तापक्रम हरेक वर्ष औसत ० दशमलव ०६ डिग्री सेल्सियसले बढेको छ । अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा यसको दर बढी छ, हिउँ पग्लिएको छ ज्यादा, र हितालहरु फुटेका छन् । विश्व जनसंख्याको ० दशमलव ४ प्रतिशतमात्र नेपालमा बस्छन्, विश्वको कुल हरितगृह ग्याँसको करिब ० दशमलव ०२५ प्रतिशत मात्र नेपालले उत्सर्जन गर्छ तथापि वायुमण्डलमा नेपाल उच्च जोखिममा छ ।

विगत एक शताब्दीमा नेपालको उच्च भूभाग हिमालीक्षेत्र सगरमाथाको हिमभाग ३३० फिट गलेको छ । फलस्वरुप नयाँ हिमतालको निर्माण हुन गएको छ भने यसै शताब्दीको अन्त्यमा नेपालको नदी नालाहरुमा पानीको वहाव भारी मात्रामा घट्ने छ । पानीको वहावको कमीकै कारण भोलिको दिनमा ऊर्जा संकट थपिने सम्भावना बढी छ, यहाँ ।

गत वर्ष पौषमा काठमाडौँमा देखिएको वायु प्रदूषण निकै कहाली लाग्दो रह्यो, यस वर्ष हिउँदमा पानी नै परेन । नेपालको वार्षिक वर्षा क्रममा पनि व्यापक हेरफेर भएको छ । अन्न लगाउने र भित्र्याउने बेलनवर्षाले गरेको ताण्डव नृत्य थाहै छ, लामो समय खडेरी पर्ने वा तीब्र वर्षा हुने क्रम छ ।

सक्नेले भूमिगत पानी तानेको तान्यै छन्् अहिले रात र दिन दुबैमा चिसो कम छ । खण्ड वृष्टि, अतिवृष्टि र अनावृष्टिले हाम्रो मुलुक आक्रान्त छ । पानी पर्ने समय र यसको अवधिमा परिवर्तन भएको छ । एकातिर हिमनदीहरु पातलिएका छन् भने अर्काेतिर हिमतालको आकार बढ्दै छ । जलवायु परिवर्तनकै कारण कृषि, जलस्रोत, वन, जैविक, विविधता, मानव स्वास्थ्य, पर्यटन र समग्र पूर्वाधारमै प्रभाव पारेको छ ।

हिजोआज भूस्खलन, बाढी, पहिरो जस्ता प्राकृतिक दुर्घटनाबाट धनजनको ठूलो विनाश भएको छ । तराई, पहाड र हिमाली क्षेत्रमा सबैतिर परेको असर र प्रभावको यकिन तथ्य समेत हामीकहाँ छैन । जलवायु परिवर्तन बारेको चेतना, अनुकूलनका अभ्यास र नवीकरणीय ऊर्जाको प्रयोग र प्रवद्र्धन गर्न जानेनौं हामीले । वायुमण्डलमा जल वायु परिवर्तन नियमित प्रक्रिया हो । तथापि उद्योग क्षेत्र र यातायातमा खनिज इन्धनको अधिक प्रयोगले यसको प्रक्रिया थप बढेको छ ।

वनविनाश, मानववस्तीको विकास, अव्यस्थित सहरीकरण, माटो, ढुँगा, बालुवाको ओसारपसारले प्राकृतिक विचलन, हरितग्याँसको अधिक उत्सर्जनले जलवायु परिवर्तनमा तीब्रता आएको हो । सन् १९९२ मे मा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी तयार भएको र यसैको जुनमा रियो द जेनेरियोमा वातावरण र विकास सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा हस्ताक्षर खुला भई १२ जुन १९९२ मा नेपालले हस्ताक्षर गरी सन् १९९४ देखि नेपाल यसको पक्षमा आएकाले यति वेलादेखि नेपालमा यसबारे चासो बढायो भनिन्छ तर कामले राम्रो परिणाम दिएको छैन ।

हरित गृह ग्याँसको उत्सर्जनमा वृद्धि हुँदा वायुमण्डल तात्ने हुनाले स्थान विशेष रुपमा जलवायु परिवर्तनबाट प्रभावित हुन्छ । फलस्वरुप अतिवृष्टि, अनावृष्टिको बढोत्तरी र ऋतुकालको छिटो छिटो परिवर्तन हुने गर्छ । बेमौसममा गुुराँस फुलेका उदाहरण हामीले देखिसकेका छौं ।

मानव जीवन प्रकोप प्रभावित हुने कारण पनि बेमौसमी प्रभाव नै हो । यसको प्रत्यक्ष प्रभाव गरीव, विकासोन्मुख, भूपरिवेष्ठित र पर्वतीय मुलुकहरुमै बढी पर्ने गर्छ । हाम्रो इकोसिस्टममा परेको प्रभावबाट पनि यसलाई सहजै अनुमान लाउन सकिन्छ ।

जलवायु परिवर्तनको जोखिमबाट बच्ने उपाय भनेको जन चेतना नै हो, अनुकूलनका अभ्यासहरुको प्रवद्र्धन हो, नवीकरणीय ऊर्जाको प्रयोग हो । जलवायु परिवर्तनको प्रभावले खाद्यान्नमा संकट त आउँछ नै । खाने मुख थपिने तर उत्पादनहरु भने कम हुने कारण भागदौड प्रतियोगिताले समग्र सर्भाइभल सिष्टममै असर पर्छ ।

हामीकहाँ जलवायु पविरर्तनले आर्थिक र समग्र सामाजिक विकासका क्षेत्रमा परेको प्रभाव असर पर्न सक्ने प्रभाव बारे यकीन गर्ने संयन्त्र अझ भनौँं वैज्ञानिक संयन्त्रको कमी छ । सामाजिक र आर्थिक विकासलाई जलवायुमैत्री बनाउनु पर्ने हो । साथै उपल्लो र तल्लो तटीय भूभागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यून गर्ने रणनीति तय गर्नु पर्ने हो ।

प्राकृतिक क्षेत्रले भरिपूर्ण हाम्रो मुलुकले जलवायु परिवर्तनबाट हुन सक्ने लाभलाई लिन सक्नुपर्छ हानिलाई होइन । प्राकृतिक स्रोतको व्यवस्थापन जलवायु मैत्री हुनुपर्छ । पूर्वाधार विकासलाई जलवायु समयानुकुल बनाउन जरुरी छ । स्वच्छ र नवीकरणीय ऊर्जा विकास, कार्बन व्यापारमा कटौती र दिगो विकास तर्फ अग्रसर हुन जरुरी छ । स्वच्छ ऊर्जा जलविद्युतका सम्भावना धेरै छन् हामीकहाँ । पूनर्नवीकरणीय र वैकल्पिक ऊर्जा, सोलार ऊर्जा वृद्धि गरी हरितगृह ग्याँसको उत्सर्जन न्यून गर्नु पर्दछ ।

हिमाल, पहाड, चुरे, तराई क्षेत्र, प्राकृतिक सम्पदाले भरिपूर्ण छन् तिनको सन्तुलित संरक्षण जरुरी छ । बाँझो, छोडेको जमीन, पर्ती, बाढी पहिरोग्रस्त, भिरालो जमीनमा लाभदायक रुख विरुवा रोप्न सकिन्छ । प्रकोप व्यवस्थापन गर्न वीमा नीतिहरु तय गर्न सकिन्छ ।

वर्षाको पानी संकलन, मुहानको भरपूर संरक्षण, पर्यावरणीय सरसफाई, डढेलो नियन्त्रण, वनक्षयीकरणमा रोक, नदी किनारामा बस्ती विकासमा रोक, फोहोर मैलालाई स्रोतको रुपमा व्यवस्थापन गर्ने, प्रकोप नियन्त्रणका लागि पूर्व तयारी र समग्रमा इच्छा शक्ति नै आजको आवश्यकता हो, नेतृत्वले केवल राजनीतिमा मात्र अग्रसर हुने होइन, राष्ट्रिय नीतिमा सोच्नु पर्छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : ५९ बजे

बुढानिलकण्ठ स्कुलमा टियागो इभि ‘कार्टनिभल’ अन्तर स्कुल चित्रकला कार्यक्रम सम्पन्न

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत

प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख 

काठमाडौं– प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन्

मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण

दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स

काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌