मुगुमा ६१ प्रतिशत नागरिक अन्धकारमा बस्न बाध्य « Khabarhub

मुगुमा ६१ प्रतिशत नागरिक अन्धकारमा बस्न बाध्य


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुगु– विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पुर्‍याउने सरकारको लक्ष्य छ । अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्या विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म  करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो। 

मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्यांकले देखाएको छ । जसमा मुगुमा २६ हजार ३००  जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरूले बताएका छन् । 

मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन । 

बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहुँचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ । 

उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।  यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ । 

खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।   

राष्ट्रिय प्रसारण लाइनले छोएन 

कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन । कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले जानकारी दिए । 

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, ज्येष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १ : १७ बजे

हर्कले भने- प्रधानमन्त्रीको लिखित जवाफ परराष्ट्रमन्त्रीले दिए मात्रै मान्नेछौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको