काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने भएका छन् ।
एन्फा कम्पेक्समा दिउँसो ३ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
शीर्ष स्थानको जावलाखेल १३ खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा छ भने पुलिसले १२ अंकमा सीमित छ ।
सोही समयमा च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
थ्रि स्टारले १३ मध्ये ६ खेलमा जित निकाल्दै २२ अंक बटुलेको छ भने समान १३ खेलमा ४ खेलमा मात्रै जित हासिल गरेको खुमलटार १३ अंकमा सीमित छ ।
यस सिजनको लिगमा १४ क्लबको सहभागिता जनाएका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा खेल भइरहेका छन् ।













प्रतिक्रिया