भगौडा थुनुवा करिब एक महिनापछि पक्राउ « Khabarhub

भगौडा थुनुवा करिब एक महिनापछि पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए ।

सोमबार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमावर्ती बस्ती मलिबारामा लुकीछिपी हिँडडुल गरिरहेका बेला यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

जिल्लाकै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढीका स्थायी बासिन्दा यादव महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्ष थुनाका क्रममा महोत्तरी कारागारका थिए । जनकपुरधाम उपमहानगरपालिका–७ का १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर घाँटी थिची हत्या गरेको यादवमाथि अभियोग छ । यादवउपर अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र आपराधिक षड्यन्त्र समेतको मुद्दा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ । यसै मुद्दामा अदालतले २०७९ भदौ २६ गते यादवलाई पुर्पक्ष थुनामा राख्न आदेश गरेपछि उनी कारागारका थुनुवा रहँदै आएका हुन् ।

भगौडा यादव पक्राउ परेपछि उनीविरुद्ध थुनुवा भागे-भगाएको थप कसुरमा कारागार ऐन, २०७९ बमोजिम कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसका लागि सोमबार नै अदालतमा उपस्थित गराई म्याद लिई अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ५५ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको