विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट चारजना लागूऔषधसहित पक्राउ परेका  छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ९ सय ग्रामसहित कैलाश गाउँपालिका-५ गोगने बस्ने ४२ वर्षीय राम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

भैंसेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १७८२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको बेदकोट नगरपालिका-९ सुन्दरपुर बस्ने २९ वर्षीय प्रकाश चन्द समेत दुईजनालाई अवैध लागूऔषध खैरो हेरोइन करिब १ ग्राम ३७ मिलिग्राम र १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले  प्रकाशको कोठाबाट उक्त खैरो हेरोइन र गोलीसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २७ वर्षीय किरण चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  २ : २२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको