आगलागीमा परी चार जनाको मृत्यु, सात जना घाइते « Khabarhub

आगलागीमा परी चार जनाको मृत्यु, सात जना घाइते


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुजफ्फरपुर– विहार राज्यको मुजफ्फरपुर जिल्लास्थित झोपडपट्टीमा आगो लाग्दा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । 

जिल्लाको रामदयालु रेलवे स्टेशन नजिक रहेको झोपडपट्टीमा गए राति आगो लाग्दा सात जन घाइते भएका तथा चार जनाले ज्यान गुमाएका जिल्लाका प्रमुख सुधांशु शेखरले बताएका छन् । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन् । 

आगलागीको खबर प्राप्त हुने बित्तिकै अग्नि नियन्त्रण विभागका कर्मचारी घटनास्थल पुगेर आगो निभाएका थिए ।

 घाइतेहरूको श्रीकृष्ण चिकित्सा अध्ययन प्रतिष्ठानमा उपचार भइरहेको छ । आगलागीको वास्तविक कारण नखुलेको बताउँदै सुरक्षा अधिकारीहरूले त्यस सम्बन्धमा अनुसन्धान थालिएको जनाएका छन् । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ५६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर