विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो « Khabarhub

विश्व खाद्य कार्यक्रमले सुडानमा पुनः काम थाल्यो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्युएफपी कार्यक्रम पुनः सञ्चालन भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोकमरी उत्पन्न हुनसक्ने सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्युएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो । खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन् ।

सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच गत अप्रिल १५ देखि सुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्युएफपीका तीन जना कर्मचारी उत्तरी डार्फुंरमा मारिएपछि डब्ल्युएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो ।

डब्ल्युएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध सुरु हुनु अगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वका बीच पनि डब्ल्युएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिएकी छिन् । द्वन्द्व जारी रहेमा खाद्य सङ्कटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि उनले दिएकि छिन्।

चार करोड असी लाख जनसङ्ख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो । ‘युद्ध चर्कनुअघि नै एक करोड ६० लाख सुडानी मानवीय सहायताको आशाम बसेका थिए, डार्फुरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,’ सुडानमा बढ्दै गएको मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गरेकाे वक्तव्यमा भनिएको छ ।

सुडान युद्धमा करिब पाँच सय ५० जनाले ज्यान गुमाएका तथा झन्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् । दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ११ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको