पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ « Khabarhub

पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन् ।

गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ । आतङ्वादी समूह ताहरिक ए तालिवान पाकिस्तानका कमाण्डर लालालगायत पक्राउ परेका आइएसपिआरको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा फौज र सर्वसाधारणलाई लक्षित गरेर उक्त समूहले धेरै स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको थियो । सुरक्षा निकायले उक्त समूहका सदस्यलाई खोजीको सूचीमा राखेर लामो समयदेखि खोजतलास गर्दै आएको थियो ।

सोमबार आतङ्कवादी पक्राउ परेकामा सुरक्षा बलको सराहना गर्दै स्थानीय बासिन्दाले देशबाट आतङ्कवादलाई परास्त गर्न सेनालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर