यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर « Khabarhub

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले रु एक करोड ९२ लाख एक हजार नौ सय २२ बराबर आम्दानी गरेको भए पनि रु तीन करोड सात लाख ३१ हजार एक सय १६ बराबरको व्यय देखिएको छ । आयबाट समग्र व्यय घटाउँदा रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।

आयोगले रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव भट्टराईका हालकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पाइएको छ । आयोगले भट्टराईका मृतक पत्नी इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : १३ बजे

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को