यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर « Khabarhub

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले रु एक करोड ९२ लाख एक हजार नौ सय २२ बराबर आम्दानी गरेको भए पनि रु तीन करोड सात लाख ३१ हजार एक सय १६ बराबरको व्यय देखिएको छ । आयबाट समग्र व्यय घटाउँदा रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।

आयोगले रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव भट्टराईका हालकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पाइएको छ । आयोगले भट्टराईका मृतक पत्नी इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै