‘एसवाई’ द्वारा हिमालय वृद्धाश्रमलाई खाद्य सामग्री र नगद हस्तान्तरण « Khabarhub

‘एसवाई’ द्वारा हिमालय वृद्धाश्रमलाई खाद्य सामग्री र नगद हस्तान्तरण


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौँको गोङ्गबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ ।

एसवाई प्यानल र एसवाई बजारले गोङ्गबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामग्री र नगद हस्तान्तरण गरेको जनाएको छ । १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद रु। ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए ।

वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तीमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन् । वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरू छन् ।

एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

साथै प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरूमा निरन्तरता दिइरहने समेत निर्देशक साहले जानकारी दिए । एसवाई प्यानल नेपाल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ३८ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै