‘एसवाई’ द्वारा हिमालय वृद्धाश्रमलाई खाद्य सामग्री र नगद हस्तान्तरण « Khabarhub

‘एसवाई’ द्वारा हिमालय वृद्धाश्रमलाई खाद्य सामग्री र नगद हस्तान्तरण


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौँको गोङ्गबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ ।

एसवाई प्यानल र एसवाई बजारले गोङ्गबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामग्री र नगद हस्तान्तरण गरेको जनाएको छ । १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद रु। ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए ।

वितरण भएको खाद्य सामग्री र नगदबाट कम्तीमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन् । वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरू छन् ।

एसवाई प्यानल र एसवाई बजार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

साथै प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति अझ प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरूमा निरन्तरता दिइरहने समेत निर्देशक साहले जानकारी दिए । एसवाई प्यानल नेपाल निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ३८ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको