सोमालियन सेनाको विशेष कारबाहीमा अल–शबाबका ६० लडाकू मारिए « Khabarhub

सोमालियन सेनाको विशेष कारबाहीमा अल–शबाबका ६० लडाकू मारिए


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्।

सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन्।

उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अल–शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : १३ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको