जारी चलचित्रमा मौलिक कथा छ : मन्त्री किराती « Khabarhub

जारी चलचित्रमा मौलिक कथा छ : मन्त्री किराती


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र ‘जारी’ हेरेका छन् ।

सोमबार बेलुका कमलपोखरीस्थित एक चलचित्र भवनमा सो सकिएपछि उनले निर्माण समूहलाई मौलिक कथालाई पर्दामा ल्याएको भन्दै धन्यवाद र बधाई दिए । “मूल्यमा बाँचेको समाज र संस्कृति, क्रमशः कृत्रिम हुँदै गएको सम्बन्धलाई मौलिकतामा फर्काउने जीवन र जगत्को सुन्दर प्रस्तुति हेरियो”, मन्त्री किरातीले भने ।

चलचित्र हेर्दा उनी भावुक हुनाका साथै आफूलाई असाध्यै राम्रो लागेको भन्दै गाउँगाउँमा लगेर देखाउन सुझाव दिएको निर्माता मणिराम पोखरेलले जानकारी दिए । “मन्त्री किरातीले बालापनमा लगेको, त्यही संस्कृतिमा हुर्किएको बताउनुभएको थियो । हामीले हरेक वर्गको दर्शकमार्फत यस्तै प्रतिक्रिया पाइरहेका छौँ”, निर्माता पोखरेलले भने।

यही वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्र ‘जारी’ लाई कवि उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। लिम्बू समुदायमा रहेको जारी प्रथा र विवाह संस्कृतिको कथा देखाइएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : २० बजे

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम

पूर्वनेतृ श्रेष्ठले रास्वपालाई दिइन् पहिलो महाधिवेशनको शुभकामना

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्वमन्त्री सुमना

चार हजार दुई सय ११ प्रतिनिधिको उपस्थितिमा रास्वपा महाधिवेशन सुरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरू

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रसुवा– स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल