नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : अध्यक्ष केसी « Khabarhub

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन : अध्यक्ष केसी


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । 

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताए । ‘बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन’, उनले भने । चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताए । 

उनले भने, ‘एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ । चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।’

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा