विकासका क्षेत्रमा बढ्दो नेपाल भारत सहकार्य « Khabarhub

विकासका क्षेत्रमा बढ्दो नेपाल भारत सहकार्य


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल भारतको भ्रमणमा छन् । उनको भारत भ्रमणबाट द्विपक्षीय सहकार्य र दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

दुई मुलुकबीचको सम्बन्ध अत्यन्त पुरानो छ । नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाटै सुरु गर्ने प्रचलनलाई प्रचण्डले पनि निरन्तरता दिएका छन् । दुई मुलुकबीचको सम्बन्ध कूटनीतिक सन्धी, व्यापारिक सहकार्यमा मात्र सीमित छैन । दुई मुलुकबीचको सम्बन्ध इतिहास, सँस्कृति र भौगोलिक हिसाबमा पनि नजिकको रहेको छ ।

दुई मुलुकबीचको सहकार्य सन् १९५१ मा गौचरण विमानस्थलको निर्माण सुरु भएयता सुरु भएको मानिन्छ । हाल उक्त विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकसित भएको छ । यसबाहेक महेन्द्र राजमार्ग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँमा खानेपनी आपूर्ति परियोजना र अन्य विकासका कार्यहरुमा पनि दुई मुलुकबीचको सहयात्राले निरन्तरता पाएको छ । अल्पकालीन तनाव उत्पन्न भएपनि दीर्घकालीन रुपमा दुई मुलुकबीचको सम्बन्ध गतिशील छ ।

समृद्ध नेपाल आफ्नो हितमा रहेको भारतले बारम्बार बताउँदै आएको छ । नेपालमा पहिलो पञ्चवर्षीय योजना लागू भएदेखि नै भारतले नेपालको विकासमा सहकार्य गर्दै आएको छ । त्यसयता ७ दशकमा भारतले सडकमार्ग, रेलमार्ग, विमानस्थल, ऊर्जा क्षेत्र, शिक्षा स्वास्थ्यजस्ता नेपालको विकासमा साथ दिँदै आएको छ ।

नेपालको अर्थतन्त्रका लागि ऊर्जा क्षेत्र निकै महत्वपूर्ण रहेको छ । यसमा दुई मुलुकबीचको सहकार्य पनि सुदृढ रहेको छ । त्रिशुली जलविद्युत परियोजनाबाट दुई मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य सुरु भएको हो । त्यसयता ऊर्जा क्षेत्रमा पोखरा, कटैया, देवघाटजस्ता जलविद्युत परियोजनाको निर्माणमा पनि दुई मुलुकले सहकार्य गर्दै आएका छन् ।

महाकाली सन्धी अनुसार टनकपुरबाट भारतले नेपाललाई ७० मेगावाट ऊर्जा निशुल्क उपलब्ध गराउँदै अँएको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो मानिने ९ सय मेगावाटको अरुण तेस्रो परियोजनामा पनि दुई मुलुकको सहकार्य छ । त्यसबाहेक पञ्चेश्वर बहुउद्देशीय परियोजना, सप्तकोशी परियोजना, कमला बागमती बहुउद्देशीय परियोजना, सुनकोशी परियोजनामा पनि दुई देशको सहकार्य छ । प्रचण्डको भारत भ्रमणकै सन्दर्भमा पनि ६९ मेगावाटको तल्लो अरुण निर्माणको कार्य पनि भारतीय कम्पनीले गर्ने सम्झौता भएको छ ।

स्वास्थ्य तथा शिक्षाजस्ता सामाजिक क्षेत्रमा पनि दुई मुलुकको सहकार्य निरन्तर रहीआएको छ । नेपाल भारत मैत्री आपतकालीन एवम् ट्रमा सेन्टर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालको विकास र सेवा विस्तारमा पनि भारतबाट सहयोग प्राप्त भएको छ । त्यसैगरी कोरोना भाइरसको महामराीका बेला पनि नेपालले भारतबाट सहयोग प्राप्त गरेको थियो ।

नेपालको शिक्षा क्षेत्रमा पनि दुई मुलुकले सहकार्य गरेका छन् । त्यहीअनुसार पोखरामा नेपाल भारत मैत्री विद्यालय स्थापना भएको छ । त्यसैगरी मनमोहन मेमोरियल पोलिटेक्निक, त्रिचन्द्र कलेजको विकास, त्रिभुवन विश्वविद्यालयको विकास परियोजनामा पनि भारतले सहकार्य गरेको छ ।

नेपालको विकासका लागि दुई मुलुकबीच जारी सहकार्य निरन्तर जारी छ । यो सहकार्य आगामी वर्षहरुमा अझै सुदृढ हुँदै जाने देखिएको छ । मध्यम आय भएको मुलुक बन्ने दिशातर्फ उन्मुख नेपालका लागि भारतसँगको सहकार्य अर्झ सान्दर्भिक रहेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : ५८ बजे

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको