विकासका क्षेत्रमा बढ्दो नेपाल भारत सहकार्य « Khabarhub

विकासका क्षेत्रमा बढ्दो नेपाल भारत सहकार्य


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल भारतको भ्रमणमा छन् । उनको भारत भ्रमणबाट द्विपक्षीय सहकार्य र दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

दुई मुलुकबीचको सम्बन्ध अत्यन्त पुरानो छ । नेपालमा प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाटै सुरु गर्ने प्रचलनलाई प्रचण्डले पनि निरन्तरता दिएका छन् । दुई मुलुकबीचको सम्बन्ध कूटनीतिक सन्धी, व्यापारिक सहकार्यमा मात्र सीमित छैन । दुई मुलुकबीचको सम्बन्ध इतिहास, सँस्कृति र भौगोलिक हिसाबमा पनि नजिकको रहेको छ ।

दुई मुलुकबीचको सहकार्य सन् १९५१ मा गौचरण विमानस्थलको निर्माण सुरु भएयता सुरु भएको मानिन्छ । हाल उक्त विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकसित भएको छ । यसबाहेक महेन्द्र राजमार्ग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँमा खानेपनी आपूर्ति परियोजना र अन्य विकासका कार्यहरुमा पनि दुई मुलुकबीचको सहयात्राले निरन्तरता पाएको छ । अल्पकालीन तनाव उत्पन्न भएपनि दीर्घकालीन रुपमा दुई मुलुकबीचको सम्बन्ध गतिशील छ ।

समृद्ध नेपाल आफ्नो हितमा रहेको भारतले बारम्बार बताउँदै आएको छ । नेपालमा पहिलो पञ्चवर्षीय योजना लागू भएदेखि नै भारतले नेपालको विकासमा सहकार्य गर्दै आएको छ । त्यसयता ७ दशकमा भारतले सडकमार्ग, रेलमार्ग, विमानस्थल, ऊर्जा क्षेत्र, शिक्षा स्वास्थ्यजस्ता नेपालको विकासमा साथ दिँदै आएको छ ।

नेपालको अर्थतन्त्रका लागि ऊर्जा क्षेत्र निकै महत्वपूर्ण रहेको छ । यसमा दुई मुलुकबीचको सहकार्य पनि सुदृढ रहेको छ । त्रिशुली जलविद्युत परियोजनाबाट दुई मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य सुरु भएको हो । त्यसयता ऊर्जा क्षेत्रमा पोखरा, कटैया, देवघाटजस्ता जलविद्युत परियोजनाको निर्माणमा पनि दुई मुलुकले सहकार्य गर्दै आएका छन् ।

महाकाली सन्धी अनुसार टनकपुरबाट भारतले नेपाललाई ७० मेगावाट ऊर्जा निशुल्क उपलब्ध गराउँदै अँएको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो मानिने ९ सय मेगावाटको अरुण तेस्रो परियोजनामा पनि दुई मुलुकको सहकार्य छ । त्यसबाहेक पञ्चेश्वर बहुउद्देशीय परियोजना, सप्तकोशी परियोजना, कमला बागमती बहुउद्देशीय परियोजना, सुनकोशी परियोजनामा पनि दुई देशको सहकार्य छ । प्रचण्डको भारत भ्रमणकै सन्दर्भमा पनि ६९ मेगावाटको तल्लो अरुण निर्माणको कार्य पनि भारतीय कम्पनीले गर्ने सम्झौता भएको छ ।

स्वास्थ्य तथा शिक्षाजस्ता सामाजिक क्षेत्रमा पनि दुई मुलुकको सहकार्य निरन्तर रहीआएको छ । नेपाल भारत मैत्री आपतकालीन एवम् ट्रमा सेन्टर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालको विकास र सेवा विस्तारमा पनि भारतबाट सहयोग प्राप्त भएको छ । त्यसैगरी कोरोना भाइरसको महामराीका बेला पनि नेपालले भारतबाट सहयोग प्राप्त गरेको थियो ।

नेपालको शिक्षा क्षेत्रमा पनि दुई मुलुकले सहकार्य गरेका छन् । त्यहीअनुसार पोखरामा नेपाल भारत मैत्री विद्यालय स्थापना भएको छ । त्यसैगरी मनमोहन मेमोरियल पोलिटेक्निक, त्रिचन्द्र कलेजको विकास, त्रिभुवन विश्वविद्यालयको विकास परियोजनामा पनि भारतले सहकार्य गरेको छ ।

नेपालको विकासका लागि दुई मुलुकबीच जारी सहकार्य निरन्तर जारी छ । यो सहकार्य आगामी वर्षहरुमा अझै सुदृढ हुँदै जाने देखिएको छ । मध्यम आय भएको मुलुक बन्ने दिशातर्फ उन्मुख नेपालका लागि भारतसँगको सहकार्य अर्झ सान्दर्भिक रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ५८ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान