दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दिनभर आज नेकपा ब्युँताउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ, सरकार गठनका विषयमा कांग्रेससँग कुनै छलफल नभएको एमाले अध्यक्ष ओलीको भनाइ, मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित, बारले सोमबार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने, एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्धलगायतका समाचारले प्रमुख स्थान पाए ।

नेकपा ब्युँताउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका कमी कमजोरीबाट सिकेर नेकपा ब्युँताउनु पर्नेमा जोड दिए । उनले भने, ‘कमजोरीबाट सिकेर नयाँ चिराबाट एकताको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

प्रधानमन्त्री दाहालले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कनुपर्ने बताए । उनले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे ।

सरकार गठनका विषयमा कांग्रेससँग कुनै छलफल नभएको एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

संघीय संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले नयाँ सरकार गठनका विषयमा कांग्रेससँग कुराकानी नभएको स्पष्ट पारेका हुन् । उनले एमालेसँग कुराकानी गर्न कांग्रेसका शीर्ष नेताहरु डराइरहेको समेत टिप्पणी गरे ।

मेयर बालेन विश्वका मेयरहरुको संगठनको सदस्यमा निर्वाचित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।

उनी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको कार्यकाल सन् २०२४ देखि २०२६ सम्मको हुनेछ ।

देश र जनतालाई साक्षी राखेर इतिहासले सम्झिने काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् ।

बालुवाटारमा आइतबार इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, मैले भनेको थिएँ– यस पटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।’

ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको डा. भट्टराईको भनाइ

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै उनले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नजोडिएको बताए ।

नेपाल बार एशोसिसनले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानून व्यवसायीलाई फसाएको भन्दै सोमबार देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ । आइबार एक विज्ञप्ति जारी गर्दै बारले देशैभरीका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो ।

बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती काम कारवाहीका सन्दर्भमा सेवा लिने/दिने क्रममा उच्च अदालत बार एसोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रमिका तामाङले मुद्दामा भएको आदेश हेर्नलाई घुस मागेको विषयमा अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाएको भन्दै बारले विरोध जनाएको छ ।

सरकारले निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गर्‍यो : सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले निश्चित व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था गरिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०८० माथि सांसद सुमना श्रेष्ठ र शिशिर खनालले प्रस्तुत गरेको संशोधनलाई समर्थन गर्दै झाले कर व्यवस्था आम जनतालाई मारमा पार्ने किसिमको भएको भन्दै आपत्ति जनाएका हुन् ।

“समाजवादको अभ्यास गर्ने दाबी गर्दै गर्दा किन हामी केही व्यापारी घरानालाई सहयोग पुग्ने बजेट बनाउँछौ ?” उनले भने, “पेन्सिलको सार्पनर, बच्चाहरुले प्रयोग गर्ने सामानमा कर बढाउने तर एउटा पुस्तालाई बिगारिरहेको इलेक्ट्रोनिक चुरोट र सुर्तिजन्य पदार्थमा कर नबढाउने ?”

एमालेलाई प्रहार गरेर कोशीको समस्या हल हुँदैन : सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद र छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केहि नहुने बताए ।

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु 

पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहज रूपमा दर्शन गराउन तयारी सुरु गरेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् ।

देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उनले बताए ।

एमालेद्वारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ ।

आइतबार प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै बजेटका विषयमा आपत्ति जनाउँदै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तीले अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष ०८०/०८१ को राजश्व र व्ययमाथी वार्षिक अनुमानमाथि बोल्न समय दिएलगत्तै प्रतिपक्षी एमालेका सासंदहरु रोस्ट्रमअगाडि नाराबाजी गर्न पुगेका थिए ।

कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि हट्दैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशको नामाकरणबाट अन्य दल पछि हटेपनि एमाले पछि नहट्ने बताएका हुन् । कोशी प्रदेशको नामाकरणमा मत दिने कांग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : ५९ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको