एशिया यू-२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने | Khabarhub Khabarhub

एशिया यू-२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भाद्रमा नेपालमा हुने भएको छ ।

नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भाद्र २ र ३ गते प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न  ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताएका छन् ।

प्रतियोगिताका लागि नेपाली यू-२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : २७ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ