कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री « Khabarhub

कोसीमा सभामुखबाट राजीनामा दिएका गौतम बने अर्थमन्त्री


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्। सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम अर्थमन्त्री बनेका छन्।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

मंगलबार चार दलको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए। यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए। 

उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो। त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ५६ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा