इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन « Khabarhub

इराकमा हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दीप प्रज्वलन


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले २०६१ साल भदौ १६ गते हत्या भएका १२ नेपालीको सम्झनामा १०८ दिप प्रज्वलन गरेको छ ।

२०६१ साल भदौ १६ (२००४ सेप्टेम्बर १) का दिन इराकमा हत्या गरिएका १२ नेपालीको सम्झनामा इराकको कुर्दिस्तान सुलेमानीस्थित हिमालयन रेष्टुरेन्टमा श्रद्धाञ्जली अर्पण तथा मृतकको सम्झनामा १०८ दीप प्रज्वलन गर्दै एक मिनेट मौन धारण गरिएको एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १९ वर्ष अघि इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी सङ्घसंस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो ।नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संलग्न  कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए ।

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतङ्कवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरूले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन