जोहानेसवर्ग आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो | Khabarhub Khabarhub

जोहानेसवर्ग आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जोहानेसवर्ग दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छ भने अन्य ८८ जना घाइते भएका छन् । शुक्रबार दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो । 

स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकाले डिएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको पत्रकारहरूलाई बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २० जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिणअफ्रिका आएका मलावी र ताञ्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ । प्रिटोरियास्थित ताञ्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँच जनाको जलेर ज्यान गएको पुष्टि गरेको छ । 

केही वर्षअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । सरकारी स्वामित्वको उक्त भवनमा समस्या भएको सन् २०१९ देखि आफूहरूलाई जानकारी रहेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौता बिना नै उक्त भवनमा बसेका थिए ।

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन । 

बिहीबार घटनास्थलको भ्रमण गरेका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिक रूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्त्वका कारण भएको  बताए । उनले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गरेका छन् ।

जोहानेसबर्गको आवास संकट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसबर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गरेका छन् । राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेर मात्र नपुग्ने भन्दै २५ वर्षदेखि शहरले भोगेको समस्यालाई रातारात सृजना भएझैँ प्रस्तुत हुनु आपत्तिजनक भएको उनले बताए ।

दक्षिणअफ्रिकामा घरवारबिहीनहरू विविध कारणले बिग्रेभत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘ कब्जा गरिएका भवन’का रुपमा  चिनिन्छन् ।  

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : ११ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ