इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध « Khabarhub

इटहरीको मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे इ–रिक्सा चलाउन नदिने भएको छ ।

इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीनपाङ्ग्रे इ–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए।

इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उनले जानकारी दिए । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको उपमहानगर प्रमुख पौडेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको उनले बताए । अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको उनले बताए ।

इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकामा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

अहिले उपमहानगरपालिकाले नै सफारी दर्ता गर्दै आएको छ । अहिले इ–रिक्सा सवारी कार्यविधिअनुसार मात्र दर्ता गरी चलाउन पाइने भएको छ । इटहरीमा अन्य पालिकाको सफारी यात्रु पर्खेर बस्न नपाउने जनाएको छ । कार्यविधिअनुसार व्यवस्थित गर्दै इ–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ ।

इ–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने उपमहानगरले जनाएको छ । इटहरीभित्र करिब पाँच हजार सफारी सञ्चालनमा रहेको र इटहरीमा केवल एक हजार एक सय सफारीमात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ९ : २५ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो