दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अख्तियारले बुझायो वार्षिक प्रतिवेदन, आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण, सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री, सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन, नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा, संसदीय समितिले शिक्षा विधेयकबारे विज्ञ र सरोकारवालासँग राय लिनेलगायतका समाचाारले प्रमुख स्थान पाए ।

सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ।

सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेश गरेका हुन्।

आममाफीको विषयमा रास्वपाद्वारा राष्ट्रपति पौडेलको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान दिवसको अवसरमा हत्याको आरोपमा सजाय काटिरहेका व्यक्तिलाई आममाफी दिएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ।

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण)ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।

नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुसमा
नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ ।

संसदीय समितिले शिक्षा विधेयकबारे विज्ञ र सरोकारवालासँग राय लिने
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताएका छन् ।

एमसीसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना ९एमसिसी०को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

‘भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जान्छन्’
एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरू जेल जाने दाबी गरेका हुन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल गर्न गठित उपसमितिको म्याद थप
कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमाथि छलफल गर्न गठित उपसमितिको म्याद एक साता थप गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा उपसमिति संयोजक रञ्जुकुमारी झाले अपूर्ण प्रतिवेदन बुझाएपछि उपसमितिको म्याद एक साता थप गरिएको हो ।

बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा उनले बालबालिका र ज्येष्ठ नागरिकको खानपान तथा बसोबासका लागि आयोजना गरिएको महायज्ञ सकारात्मक कार्य भएको बताए ।

निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवालासँग छलफल हुने
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणधीन संघीय संसद् भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५७ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम