कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि « Khabarhub

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ । मुलुकमा प्रादेशिक संरचनासहितको संघीयता लागू भएपछि कांग्रेसको यो पहिलो प्रदेश सम्मेलन हो ।

भोलिसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा १२ जिल्लाका जिल्ला सभापति, ५२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ महाधिवेशन प्रतिनिधि, प्रदेशका संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुने छन् ।

यस्तै, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीलगायत ७ सय ५० भन्दा बढीको सहभागिता रहने छ ।

बन्द सत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुनेछ । सो प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने लुम्बिनी कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  १० : ५६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी