बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै « Khabarhub

बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ। छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ। मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए।

सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए।

बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीतिक योजना बनान मस्यौदा समिति बनाउन लागिएको छ।

योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटन लागिएको छ।

सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि काम भइरहेको छ। हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए।

 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ३९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन