कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह « Khabarhub

कोरोना सङ्क्रमणको तथ्याङ्क नलुकाउन चीनलाई डब्ल्यूएचओको आग्रह


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चीनलाई कोरोना महामारी तथा सङ्क्रमणको अवस्थाबारे वास्तविक सूचना दिन आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई कोरोना सङ्क्रमण र महामारीबारे तथ्याङ्क नलुकाउन आग्रह गरेका हुन् ।

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कोरोना रोकथामका लागि अपनाइएका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले कोरोना महामारी ह्वात्तै बढेको छ । चीनमा कोरोना सङ्क्रमणका घटना बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ । अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन् ।

कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक सङ्ख्या अस्पष्ट छ ।

डब्लूएचओका प्रमुख गेब्रेयससले चीनसँग कोरोना सङ्क्रमणको तथ्याङ्क बारम्बार माग गरिएको समेत जानकारी दिए । कोरोना महामारीको थप जोखिम अध्ययनका लागि पर्याप्त सूचना आवश्यक पर्ने भएकाले चीनसँग तथ्याङ्क माग गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : १९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको